काठमाडौँ: कोरोना (कोभिड १९) को आशंकामा शुक्रबारसम्म एक हजार २७७ को परिक्षण गरिएको छ। देशभर १२० जना कोरोनाको आशंकामा आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
धरान, पोखरा, हेटौँडा, जनकपुर र सुर्खेतमा परिक्षणको काम भइरहेको छ। बुटवलमा भने कोरोना परिक्षणको पोर्टेबल पीसीओरा जोड्ने काम भइरहेको छ।
काठमडौँ उपत्यकामा १५ जना आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वताए।
देवकोटाले संक्रमित ६ को स्वास्थ्य स्थिति सामान्य भएको बताएका छन्। पछिल्लो कोरोना संक्रमित महिलाको ट्रेसिङ सुरु भइसकेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको मोबाइल एप्समा कोरोना परिक्षणका लागि पाँच हजार ६२६ ले फारम भरेका छन्। त्यसमध्ये एक सय ७ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले बताए।
मन्त्रालयका अनुसार भक्तपुरको क्वारेन्टाइनमा रहेका १९६ को नमूना परिक्षण भएको देवकोटाले बताएका छन्। टेकु र डब्लुएचओबीच कन्ट्याक्ट ट्रेसिङबारे छलफल भएको पनि मन्त्रालयले जनाएको छ।