PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कैलालीमा कडा पारिँदै लकडाउन : खाद्यान्न पसल ३ घण्टा मात्रै खुल्ने, ‘होम डेलिभरी’ गर्न व्यवसायीहरु सहमत



एम बम

कैलालीमा कडा पारिँदै लकडाउन : खाद्यान्न पसल ३ घण्टा मात्रै खुल्ने, ‘होम डेलिभरी’ गर्न व्यवसायीहरु सहमत

कैलाली : लकडाउनको उल्लंघन बढेको भन्दै कैलालीमा लकडाउन थप कडा पार्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी साधनका पासहरु पनि आजबाट पूर्ण रुपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज एक सूचना जारी गर्दै सवारी पासहरु गृह मन्त्रालयबाटै बन्द भइसकेकाले पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ।

‘कैलालीमा लक डाउन उल्लंघन गर्नेहरुको संख्या बढेकाले प्रहरी प्रशासनसँग कडाइ पार्ने विषयमा छलफल सम्पन्न भइसकेको छ’, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने, ‘बिहान र दिउँसो भन्दा बेलुका पख मानिसहरुको चहलपहल झन बढेपछि कोरोनाको जोखिम न्यूनिकरणका लागि यसलाई पूर्ण पालना गराउन लागिएको हो।’

२ सय २६ सवारी नियन्त्रणमा

सरकारले पहिलोपटक जारी गरेको लक डाउन अवधिमा सक्रियता बढाएको कैलाली प्रहरीले दोस्रो पटक थपिएको मितिबाट सवारी सञ्चालनको अवस्था केही फितलो पारको थियो। तर, फेरी बजारमा अत्यधिक चहलपहल हुने क्रम बढेपछि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

‘बुधवारबाट आज बिहान ११ बजेसम्म २ सय २६ सवारी र सात जनालाई नियन्त्रण लिएका छौँ’, उनले भने, ‘साथै अब अत्यावश्यक काम बाहेक बाहिर निस्कनेलाई कानुन बमोजिम कारबाही समेत थालिने छ।’

धनगढीमा ‘होम डेलिभरी’

जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनमा कडाइ गर्न भनेर स्थानीय तहहरुलाई भनेको छ। सोही अनुरुप धनगढी उपमहानगरपालिकाभित्र खाद्यान्न लगायतको अत्यावश्यक सामान होम डेलिभरी गर्न व्यवसायीहरु सफल भएका छन्।

धनगढीका मेयर नृपबहादुर वडले बेलुकी पख मानिसहरु सामान्य हिँडडुल र शारिरीक व्यायमका लागि समेत भनेर निस्कन थालेका भन्दै सबैलाई घर भित्रै बस्न आग्रह गरे।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उपमहानगरपालिकासँग खाद्य सामग्री घरघरमै पुर्‍याउने विषयमा छलफल सम्पन्न भएको र व्यवसायीहरुलाई सहजीकरणका लागि आफूहरुले पहल गरिसकेको बताए।

कैलालीमा मापदण्ड पुर्‍याएर खोल्न चाहले, खाद्यान्न र तरकारीका पसलहरु अब बिहान ६ देखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell