PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सबै किसिमका बिरामीको उपचार गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन



पहिलोपोस्ट

सबै किसिमका बिरामीको उपचार गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन
फोटो : रासस।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा देवनारायण साहलगायतलाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बिमाको व्यवस्था भइसकेको बताए। उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री ढकालले अहिले नेपालको हकमा समुदायमा फैलावट नभएको स्थितिमा कोरोना भाइरसबाहेकका अन्य रोगका बिरामीले नियमित उपचार पाउन निर्देशन दिए।

प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए। वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आगामी सोमवारबाट कोरोनाको नमुना परीक्षणसमेत हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell