PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कालीमाटीमा सुनसान, बल्खुमा भने तरकारी किनमेल जारी



पहिलोपोस्ट

 कालीमाटीमा सुनसान, बल्खुमा भने तरकारी किनमेल जारी

काठमाडौं : आजबाट कालीमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा कारोबार बन्द भयो। सरकारले लकडानउ घोषणा गरेको पहिलो दिनदेखि नै तरकारी बजार भने खुल्लै थियो। बिहान ७ बजेसम्मको लागि तरकारी कारोबार हुने गरेको थियो।

अन्य स्थानमा तरकारी किनबेच बन्द हुँदा उपभोक्ताको चाप कालिमाटी तरकारी बजारमा बढ्दै गएपछि परिस्थिति र कोरोना भाइरस संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय सुचना जारी गरेको थियो। आजबाट बजारभित्र रहेका खुद्रा बजार र किसान बजार पूर्ण रुपमा बन्द गरिने भएको छ।

यस अवधिमा थोक बिक्रीका लागि ल्याइएको बोरा, क्रेट प्याकेजिङ गरि राखिएको तरकारी र फलफूललाई नखोली जस्ताको त्यस्तै बिक्री भने गरिनेछ।

समितिले मोटरसाइकल वा साइकलबाट व्यवसायी र उपोभोक्ताहरुलाई आ–आफ्नो क्षेत्रमा रहेका तरकारी र फलफूलजन्य पसलबाट सामान खरिद गर्न आग्रह गरेको छ।बल्खुस्थित तरकारी बजार

खुद्रा बजार बन्द भएसँगै पैदल यात्रु र फुटकर उपभोक्तालाई बजार प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ। त्यस्तै कालिमाटी तरकारी बजार बन्द भएपछि तरकारी किन्नेको भिड बल्खुस्थित तरकारी बजारमा परेको छ। शनिवार बल्खु तरकारी बजारमा तरकारी किन्नेको भिड देखिनथ्यो। बल्खुमा खुद्रा तथा थोक दुवै हिसाबले तरकारी किन्न पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell