
काठमाडौं: सरकारले लकडाउनको आज ब्राहौं दिन। लकडाउनको समय बढेसँगै उल्ङ्घन गर्नेको सङख्या थपिदै गएको छ।
प्रहरीले शनिवार बिहान मात्र उपत्यकाबाट १३ सय ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। १ हजार ६४ जना पुरुष र २८१ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्म उपत्यकाभित्रबाट उनीहरुलाई जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंमा नियन्त्रणमा लिइएको हो।
लकडाउनमा हिँड्ने मानिसलाई तीन घण्टासम्म सडकमा राख्ने गर्दछ।