PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भर्चुअल नाटक महोत्सवमा आज 'दयालु रुख' देखाइने



पहिलोपोस्ट

भर्चुअल नाटक महोत्सवमा आज 'दयालु रुख' देखाइने

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा आज नाटक 'दयालु रुख' देखाइँदै छ। अमेरिकी बाल कथा द गिभिङ ट्रिमा आधारित नाटकको परिकल्पना तथा निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्।

कथामा दिएर नथाक्ने रख र मान्छेको सम्बन्ध देखाइएको छ। नाटकमा इंगिहोपो कोइँच सुनुवार केन्द्रीय पात्रको रुपमा देखिएका छन्। त्यस्तै सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान खड्काको अभिनय रहेको छ।

साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ।

कविता र गीतहरुसहित सांगीतिक प्रयोग गरिएको नाटक यसअघि कथाघेराको कौसी थिएटरमा देखाइएको थियो।

थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस भर्चुअल महोत्सवलाई संयुक्त रुपमा आयोजना गरेका हुन्। त्यस्तै काठमाडौंका अन्य थिएटरको समेत सहकार्य तथा सहभागिता जनाएका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell