PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना भाइरसले एक जनाको मृत्यु भएको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवक पक्राउ



पहिलोपोस्ट

कोरोना भाइरसले एक जनाको मृत्यु भएको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवक पक्राउ

काठमाडौ : प्रहरीले कोरोना संक्रमणको बारेमा झुटा तथा अफवाह फैलाउने मानिसको निगरानी बढाएको छ। यसै क्रममा शुक्रबार कञ्चनपुरबाट प्रहरीले एक युवकलाई अफहवा फैलाएको भन्दै पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर बेलडाडी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय गोपाल सुनारलाई पक्राउ गरेको हो।

सुनारले बिहीवार आफ्नो फेसबुकमा 'महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ' भन्ने स्टाटस लेखेका थिए।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell