PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सिट नपाउँदा विमानस्थलबाटै खिन्न हुँदै फर्किए ४२ विदेशी, ६०५ भने उडे युरोप

सिट नपाउँदा विमानस्थलबाटै खिन्न हुँदै फर्किए ४२ विदेशी, ६०५ भने उडे युरोप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दुई सातादेखि लकडाउनका कारण अलपत्र परेका बनेका ६ सय ५ जना पर्यटक शनिवार आ-आफ्नो देश फर्किएका छन्। कतार एयरवेजको दुईवटा एयरबस-३३० जहाज उनीहरुलाई लिन शनिवार त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।

दुईवटा उडान नेपालस्थित जर्मन राजदूतावास, फ्रान्सेली राजदूतावास र नेपाल सरकारको समन्वयमा हुन लागेको हो। अलपत्र परेकामध्ये आफ्नो देश जानको लागि विमानस्थल पुगेका ४२ जना विदेशीहरु भने खिन्न मन लिएर फर्किन बाध्य भए। विमानमा सिट क्षमता नभएकाले उनीहरु निराश भएर बसेकै होटेलमा फर्किए ।  

आजै, मालिन्दो एयरलाइन्सले पनि रेस्क्यु गरेका विदेशी लिएर जाँदै छ। विभिन्न राजदूतावासको पहलमा यसअघि कतार एयरवेजको जहाजमार्फत् नेपालबाट करिब एक हजार युरोपेली नागरिक उनीहरुको देश फर्केका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell