PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सचिवालय बैठक बोलाउन नारायणकाजीको माग



पहिलोपोस्ट

सचिवालय बैठक बोलाउन नारायणकाजीको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सचिवालय बैठक बोलाउन माग गरेका छन्।

श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल बैठक बोलाउन माग गरेका हुन्।

आवश्यक परेको बेलामा मन्त्रिपरिषद र उच्चस्तरीय समितिको बैठक बसिरहेको भन्दै सचिवालय बैठक बस्नु अहिलेको आवश्यकता भएको औल्याएका छन्।

'आवश्यकता पर्दा मन्त्रिपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शीघ्र बैठक बस्ने बिश्वास छ, बस्नै पर्छ,' श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

यसअघि नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकार पछिल्ला कदम र विवादास्पद निर्णयबारे छलफल गर्न बैठक बोलाउन माग गरेका थिए।

पछिल्लो समय कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरीद प्रकरण विवादमा परेपछि नेकपाकै नेताहरु सरकारसँग असन्तुष्ट छन्। तर, बैठक नबस्दा आफ्ना कुरा राख्न पाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell