PahiloPost

May 14, 2025 | १ जेठ २०८२

धनगढीमा कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना



एम बम

धनगढीमा कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना

कैलाली : सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजूलाई पनि अस्पताल भर्ना गरिएको छ।

कोरोनाका सम्भावित लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले ज्वरो लगायत कोभिड १९ का अन्य लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको पहिलोपोस्टलाई जानकारी दिए।

उनलाई साढे १० बजेतिर एम्बुलेन्स मार्फत् घरैबाट अस्पताल पुर्‍याइएको हो। अहिले उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

जोशीले संक्रमित युवकका परिवारको रिपोर्ट आज ४ बजे आउने बताए। उक्त रिपोर्ट धनगढी आउपुग्ने वा काठमाडौंबाटै सार्वजनिक गरिने हो भन्ने विषयमा भने जानकारी प्राप्त नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell