PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

दुई जना भारतबाट आएका र एकजना संक्रमितकै आफन्तमा देखियो कोरोना



पहिलोपोस्ट

दुई जना भारतबाट आएका र एकजना संक्रमितकै आफन्तमा देखियो कोरोना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।

भारतबाट आएका दुई जनामा संक्रमण देखिएको हो भने एकजना संक्रमितका आफन्तमा पनि कोरोना देखिएको मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गरेको छ।

यससँगै नेपालमा कोभिड १९ को संक्रमितको संख्या ९ पुगेको छ। 

संक्रमण देखिएकी एक महिलालाई आजमात्रै अस्पताल भर्ना गरिएको हो। उनलाई आज बिहान एम्बुलेन्समा राखेर सेती अञ्चल अस्पताल लगिएको हो। उनी कोरोना संक्रमित युवकको भाउजु हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell