PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोभिड-१९ विरुद्धको लडाइमा ज्यान गुमाउने सम्झनामा चीन: राष्ट्रिय झण्डा झुकाइयो, मिडियामा पनि श्यामस्वेत



पहिलोपोस्ट

कोभिड-१९ विरुद्धको लडाइमा ज्यान गुमाउने सम्झनामा चीन: राष्ट्रिय झण्डा झुकाइयो, मिडियामा पनि श्यामस्वेत

कोभिड-१९ विरुद्धको लडाइमा मृत्यु भएका नागरिकहरुको सम्झनामा चीनले आज राष्ट्रिय शोक मनाएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङसहित प्रधानमन्त्री ली ख्छ्याङ सहितका नेताहरुले तीन मिनेटसम्म मौन धारण गरे।

आज शनिवार विहान १० बजे देखि देशभरका नागरिकहरुले मौन धारण गरे। सार्वजनिक यातायात तीन मिनेट ठप्प भए। सडकमा रोकिएका सवारी साधनबाट एक साथ हर्न बजे।

चीनले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाएको छ। देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा झण्डा झुकाइनुका साथै सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय चीनले गरेको छ।

चीनको राज्य परिषदको कार्यालयले यस विषयमा सूचना जारी गर्दै सबैलाई अनुरोध गरेको छ।

चीनमा हरेक वर्ष मृतकहरुको सम्झना गरेर मनाइने पर्व छिङमिङ मनाउने छ। जुन यस वर्ष अप्रिल ४ र ५ मा परेको छ।

'टम्ब स्विपिङ डे' को रुपमा मनाइने छिङमिङको अर्थ 'पूर्ण चमक' हो। सौर्य मण्डलको २४ औं चक्र अनुरुप चिनियाँ पात्रो अनुसार दोस्रो चर्कमा यो पर्व पर्छ। यस पर्वका क्रममा चीनभर विदा दिइन्छ।

२५ सय वर्ष देखि यो पर्व चीनमा मनाइँदै आएको छ। यस पर्वका दिन आफ्ना पूर्वजहरुको सम्झना गरिन्छ।

यस दिन चिनियाँहरुले आफ्ना पूर्वजहरुको सम्झनामा उनीहरुको स्मृतिमा निर्माण गरिएका ढुंगाको अभिलेखहरुको सफाइ गर्दै पुन: निर्माण गर्छन्। पूर्वजहरुको पूजा गर्छन् र उनीहरुलाई खाना, चिया तथा रक्सी खुवाउँछन्। उनीहरुसँग आशिर्वाद लिन्छन्।

यसैबीच चिनियाँ सञ्चार माध्यमहरु आज श्यामश्वेत भएका छन्। शोक मनाउँदै सिन्ह्वा, चाइना डेली, पिपल्स, ग्लोवल टाइम्सले अनलाइनका मुख्यपृष्ठलाईसमेत श्यामस्वेत बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell