काठमाडौं : आज थपिएका तीन कोरोना संक्रमितमध्ये एकजनामा लोकल ट्रान्समिसन देखिएको छ। यसअघि सबै 'इम्पोर्टेड' केसमात्र देखिएकोमा पहिलो पटक स्थानीय स्तरमा कोरोना भाइरस सरेको देखिएको हो।
दुबईबाट फर्किएका संक्रमित युवकका आफन्तमा कोरोना भाइरस सरेको पुष्टि भएको छ। कैलालीकी ३४ वर्षीया महिलामा भाइरसको संक्रमण देखिएसँगै नेपालभित्र पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि भएको हो।
यसले नेपालको अवस्था थप गम्भीर भएको देखाएको छ। किनभने समयमा नै परीक्षण संख्या कम हुनुले भाइरस लागेको व्यक्ति पहिचान हुन सकेको छैन। संक्रमितबाट थप संक्रमण फैलिएको हुनसक्ने देखिएको छ।
चैत ७ गते दिल्ली हुँदै भिस्तराबाट आएका युवक संक्रमित थिए। उनको उपचार भइरहेको छ। उनैबाट नेपालमा पहिलो लोकल ट्रान्समिट भएको देखिएको हो।
शनिवारसम्म नेपालमा भाइरसबाट संक्रमति हुनेको संख्या ९ पुगेको छ।