PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपाल-भारत सीमाबाट ओहोरदोहोर भइरहनुमा प्रहरी प्रशासनको दोष : मुख्यमन्त्री राउत



राधेश्याम पटेल

नेपाल-भारत सीमाबाट ओहोरदोहोर भइरहनुमा प्रहरी प्रशासनको दोष : मुख्यमन्त्री राउत

वीरगंज : मुख्यमन्त्री लालबाबू राउतले प्रदेश २ का आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा अन्य सुरक्षा निकायको लापरबाहीले गर्दा लकडाउनको अवस्थामा नेपालबाट भारत र भारतबाट नेपाल आउने क्रम नरोकिएको बताएका छन्।

उनले खुला सीमामा कडाइ गर्नुपर्ने, केन्द्र सरकार मातहतको गृह मन्त्रालयको निर्देशन रहे तापनि विगत तीन-चार दिनदेखि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतको मुख्य नाका र ग्रामीण नाकाबाट सयौँको संख्यामा भारतीय तथा नेपालीहरू नेपाल प्रवेश गरिरहेको र नेपालबाट पनि भारततर्फ जाने क्रम देखिएकोले निर्ममतापूर्वक प्रस्तुत भएर सीमानाकालाई सिल गर्न निर्देशन दिए। उनले विशेषगरी ग्रामीण नाकाहरू र रातिको समयमा लुकिछिपी सीमानाका आरपार भइरहेको सूचना प्राप्त भए अनुसार प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्कीसँग पनि यस विषयमा परामर्श भएको बताए।

नेपालको काठमाडौं, पोखरा, चितवन, हेटौंडालगायत शहरबाट पनि राति खाद्यान्न गाडीमा लुकेर सयौं जना एक जिल्लाबाट अर्को जिल्ला पुगिरहेको कुरा दुःखको भएको उनले बताएका छन्। वीरगंज आसपास र सीमानाकाको विषयमा जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी एवं सहायक प्रजिअ ललित बस्नेतले लकडाउनको शुरूको दिनमा खुला सीमाको कारणले गर्दा आउजाउ गरेको भए पनि अहिले कडाइ गरेको दावी गरे। एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्ने विषयमा गृह मन्त्रालयमा जानकारी गराइसकेपछि अहिले कुनै पनि खाद्यान्न तथा सवारीसाधनमा रातिको समयमा सर्वसाधारणलाई ढुवानी गरेको पाए गाडीधनीलाई समेत कारबाही गर्ने निर्देशन दिएकोले यस्तो रोकिएको उनीहरुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell