PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

३३ वर्षअघि बनेको 'रामायण' पुन : प्रसारण, प्रतिक्रियाले दङ्ग रामानन्दका छोरा



पहिलोपोस्ट

३३ वर्षअघि बनेको 'रामायण' पुन : प्रसारण, प्रतिक्रियाले दङ्ग रामानन्दका छोरा

सन् १९४९ मा राज कपुरको फिल्म 'वर्षात्'को पटकथा लेखकका रुपमा उदाएका थिए रामानन्द सागर।  

बिस्तारै उनी 'पैघाम', 'घुनघाट', 'जिन्दगी', 'आर्जु', 'गीत'जस्ता सफल टेलिश्रृङ्खलाहरुको लेखक तथा निर्देशका रुपमा चिनिए। दुरदर्शनमा सक्रिय रुपमा काम गरिरहेका उनी अचानक बिरामी परे। उनलाई क्षयरोग लाग्यो। धेरैले सोचेका थिए उनलाई ठीक हुँदैन।

तर एक ज्योतिषले भनेका थियो – उनले त्यो अवस्था पार गरे भाग्य बद्लिन्छ। केही शुभ हुन्छ।

लामो समयको उपचारपछि उनी ठीक भए। काममा फर्कने निर्णय सुनाए।

'तर यो पटक उहाँले पहिलेजस्तो काल्पनिक वा आम मानिसको कथामा काम गर्ने बताएनन्। रामायण बनाउने निर्णय सुनाउनु भयो', रामानन्दका छोरा मोतीले भनेका छन्। त्यस समय आफूलाई साथ र सहयोग पुर्‍याउन इच्छुक पारिवारिक सदस्यका लागि बाटो खुला समेत राखेका थिए। मोती सागर र उनका दाइ आनन्द सागरले सह निर्देशन गर्ने भए।

केही महिनामै छायांकन सुरु भयो। अम्बरगाउँमा दुई वर्ष लामो समय बिताए निर्माण युनिटदेखि कलाकारसम्मले। 'हामीले दुई वर्ष त्यो गाउँमा रामायणको पात्रले जस्तो जीवन बाँच्यौं। त्यस गाउँमा रहेको पूरानो स्टुडियोले पनि जीवन पायो', उनले भने।

राम बनेका अरुण गोविल, सीता बनेकी दीपिका, रावण बनेका अर्विन्द त्रिवेदी, हनुमान बनेका दारा सिंह लगायत सम्पूर्ण टोली दैनिक १८ घण्टा खटिन्थ्यो। त्यही मिहेनत थियो र त आज कसैले हनुमान भन्दा धेरैको आँखामा दारा सिंहकै अनुहार आउँछ। उनको मृत्युको वर्षौ पछि पनि।

रामायणको प्रभाव यसरी पर्‍यो कि रामानन्द जहाँ पुगे त्यहाँ मानिसहरुले उनको खुट्टा ढोगे। भगवानलाई धर्तीमा ल्याएको भन्दै।

मोती भन्छन्,'मेरो बुवाको उद्देश्य रामायणले सिकाएको ज्ञानलाई अघि सार्नु थियो। सायद मानिसले त्यही ज्ञान रुचाए। विश्वार र श्रद्धा गरे। त्यही विश्वासले दर्शक र मेरो बुबालाई जोड्यो।' 

दूरदर्शनबाट प्रसारण भएपनि निर्माण युनिटले स्वतन्त्र रहेर रामायण निर्माण गर्ने अवसर पाएको बताउँछन् उनी। आजको दिनमा त्यो स्वतन्त्रता पाउन मुस्किल हुने दावी गर्छन् उनी। भन्छन्,'स्वतन्त्र नरही रामायण बनाउन सकिँदैन।'

त्यो पूरानो स्रोत साधन, कलाकार, प्रविधि र निर्देशनमा बनेको रामायण आज ३३ वर्षपछि पुन: प्रसारण भइरहेको छ। रामानन्द सागर निर्देशित यस पौराणिक टेलिश्रृङ्खलाले क्वारेन्टाइनमा रहेका दर्शककाम लागि क्वारेन्टाइनमा समय बिताउने गज्जव बहाना बनेको छ। अनि रामानन्दका छोरा मोती सागरका लागि भने नोस्टाल्जिक बन्ने।

उनी रामायण छायांकनका हरेक घटना सम्झन्छन्‍। 'लाग्छ हिजोको घटना हो। तर यही श्रिङ्खलाले हाम्रो जीवननै परिवर्तन गरिदियो', मोतीले भनेका छन्। अहिले आइरहेका प्रतिक्रियाले झन् दङ्ग तुल्याएको उनलाई।

रामानन्दले भने यस खुशी महसुस गर्न पाएनन्। किनकि सन् २००५ मा उनको निधन भयो।   

'हामी पनि दोहोर्‍याएर हेरिरहेका छौं। लाग्छ नयाँ कार्यक्रम हेर्दैछौं। उस्तै ताजापन महसुस हुन्छ। यस पौराणिक कथाको समय सीमा नै छैन', मोती सागरले भने। उनी चाहन्छन् नयाँ पुस्ताले हेरुन् रामायण।

भारतको केन्द्रिय सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले लकडाउनको अवस्थामा आम मानिसलाई स्वस्थ मनोरञ्जन दिलाउनका लागि रामायण पुन: प्रसारण थाल्ने जानकारी दिएका थिए। हाल दूरदर्शनमार्फत् यसको प्रसार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell