PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

नारावाजी र जुलुससहित हुलकाहुल छिर्दा यी दुई पनि थिए जो आज संक्रमित देखिए



एम बम

नारावाजी र जुलुससहित हुलकाहुल छिर्दा यी दुई पनि थिए जो आज संक्रमित देखिए

धनगढी : सुदूर पश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ। आज पोजेटिभ रिपोर्ट आएका ३ जनामध्ये कैलालीको लम्कीमा भेटिएका एक युवक गत १२ गते गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेको खुल्न आएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार १२ गते १ हजार हाराहारीमा नेपालीहरु गौरीफन्टा नाकामा एकैसाथ जम्मा भएर नेपाल प्रवेश गरेका थिए। उनीहरुलाई १२ गते बेलुकाबाट घर पठाउन सुरु गरिएको थियो।

कोरोना संक्रमण देखिएका युवक १३ गते बिहान घर पुगेका थिए। त्यसपछि उनी क्वारेन्टाइनमा बसेका थिए। उनी बसेको क्वारेन्टाइमा रहेका ४४ जनाको स्वाब संकलन गरिएको छ। र, उनको मात्रै रिपोर्ट पोजेटिभ आएको हो। उनको स्वाब नेपाली सेनाले संकलन गरेको थियो।

लम्कीको प्रतापपुर स्थायी घर भएका ती युवाले १२ गते आफू भिडभाडमा नगएर रुखको छहारीमा अलग्गै बसेको बताएका छन्। तर, ११ गते नाकामै सुतेका ५ सय नेपालीहरु र १२ गते नारावाजी गर्दै नेपाल आउन माग गर्ने विभिन्न जिल्ला मानिसहरुको भिडमा उनी थिए।

उता, कञ्चनपुरको बेदकोटमा फेला परेका संक्रमित भारतको उत्तराखण्डबाट चैत १३ गते गड्डाचौकी हुँदै घर पुगेका हुन्। उनी पनि भारतबाट नेपाल भित्रिने सयौं नेपालीको भिडमा थिए। त्यसदिन बिहान झण्डै दुई हजार पाँच सय नेपाली गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell