
कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८१ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर ११ लाख ३४ हजार ४१८ जना मानिस संक्रमित भएका छन्, जसमध्ये ६० हजार ११५ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा २ लाख ७८ हजार ४५८ रहेको छ। त्यस्तै स्पेनमा १ लाख २४ हजार ७३६, इटालीमा १ लाख १९ हजार ८२७, जर्मनीमा ९१ हजार १५९, फ्रान्समा ८३ हजार २९, चीनमा ८२ हजार ५४३ तथा इरानमा ५५ हजार ७४३ जना संक्रमित भएका छन्।
यसैगरी कोभिड-१९ का कारण इटालीमा सबैभन्दा धेरै १४ हजार ६८१ जनाको मृत्यु भएको छ। त्यस्तै, स्पेनमा ११ हजार ७४४, अमेरिकामा ७ हजार १५९, फ्रान्समा ६ हजार ५०७, इरानमा ३ हजार ४५२ र चीनमा ३ हजार ३३० जनाको मृत्यु भएको छ।
यसैगरी कोभिड-१९ बाट संक्रमित भएका मध्ये २ लाख ३३ हजार ६८९ जना निको भएका छन्। जसमा सबैभन्दा बढी चीनमा ७६ हजार ९४२ जना रहेका छन्।