PahiloPost

May 15, 2024 | २ जेठ २०८१

१२ फोटोमा लकडाउनको १२ औँ दिन...

१२ फोटोमा लकडाउनको १२ औँ दिन...

अमित मचामसी/पहिलोपोस्ट


कोरोना भाइरस रोग (कोभिड-१९)को सम्भावित संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको शनिवार १२ औँ दिन। लकडाउनको समयमा खाद्य सामग्री खरिद तथा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइँदैन।

१२ औँ दिन बितिसक्दा लकडाउनका कारण नागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको छ। विशेषगरी दैनिक ज्याला मजदुरी गरी पेट पाल्ने वर्गलाई लकडाउनको प्रभाव बढी छ। यसबाट केही सास्ती अवश्य पाइएको छ तर कोभिड-१९ को संक्रमणबाट बच्न यो निकै आवश्यक छ।

लकडाउन उल्लंघनका केही छिटफुट भए, जसमा लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले कारबाही पनि गर्‍यो। यो समयमा घरबाहिर निस्कनु भन्दा घरमै बसेर केही सिर्जनात्मक काममा लाग्दा उचित हुन्छ। कोरोनाको संक्रमण शहरभर फैलिन एक जना नै काफि हुने भएकाले घरभित्रै बसेर आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्नु बद्धिमत्तापूर्ण हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell