PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय

काठमाडौँः कोरोना जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउन भन्दै सरकारले तीन जिल्लामा र्‍यापिड टेष्टको प्रक्रिया अघि बढाउने भएको छ। शनिबारमात्र कैलालीमा तीन नयाँ संक्रिमित फेला परेका थिए। 

शनिबारको मन्त्रिपरिषद बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारको प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। उक्त टेष्टपछि पिसिआर विधिबाट पुनः परीक्षण गर्ने सरकारले निर्णय गरेको हो।  

स्वास्थ्यकर्मीको मनोबल कमी हुन नदिन सरकारले स्वास्थ्य सुरक्षााका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्यकर्मीलाई कुनै पनि प्रकारको बाधा नपुर्‍याउन पनि सरकारले सबैलाई आग्रह गरेको छ।

सरकारले लकडाउनकाे अवधि बढाउने वा नबढाउनेबारे भने कुनै पनि निर्णय गरेको छैन। प्रवक्ता खतिवडाले मन्त्रिपरिषदको अर्को बैठकले उक्त निर्णय गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell