PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लकडाउनमा थप कडाइः एक स्थानीय तहबाट अर्को स्थानीय तह प्रवेशमा पनि निषेध



पहिलोपोस्ट

लकडाउनमा थप कडाइः एक स्थानीय तहबाट अर्को स्थानीय तह प्रवेशमा पनि निषेध

काठमाडौँः सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ। जारी लकडाउनमा थप कडाइ गर्दै सरकारले उक्त निर्णय गरेको हो। शनिबार साँझ बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

त्यसैगरी एक जिल्लाबाट अर्को जिल्लामा र एक प्रदेशबाट अर्को प्रदेशमा हुने आवागमन पनि रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

'लकडाउन पूर्ण पालना गराउन प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्लामा जान र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमन कडाइ गर्ने भएको छ। कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न सबैले यो नियम पालना गरौं।' निर्णय सार्वजनिक गर्दै खतिवडाले भने। 

लकडाउनलाई सबै तहले पूर्ण रुपमा पालना गर्नु सरकारले आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell