PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लकडाउन जारी रहँदासम्म त्रिविका अत्यावश्यक बाहेक सबै कार्यालय बन्द हुने



पहिलोपोस्ट

लकडाउन जारी रहँदासम्म त्रिविका अत्यावश्यक बाहेक सबै कार्यालय बन्द हुने

काठमाडौँः त्रिभुवन विश्वविद्यालयले लकडाउनको अवधिभर अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ। विश्वविद्यालयले चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गर्ने निर्णय चैत ९ गते नै गरेको थियो। लकडाउनको अवधि बढेकाले सो अवधिसम्म क्याम्पस तथा कार्यालयहरु बन्द रहने विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका कार्यकारी परिषदको सचिवालयले विज्ञप्ति जारी गर्दै लकडाउनको अवधि कायम रहेसम्म यसअघिको निर्णयले निरन्तरता पाउने जनाएको छ। सो अवधिमा चिकित्सा शास्त्र अध्ययन संस्थान, कृषि, पुश विज्ञान अध्ययन संस्थान अन्तर्गतका अस्पताल र स्वास्थ्यसम्बन्धी निकायहरु भने सरकारको निर्णय र निर्देशन अनुसार नै सञ्चालित हुने विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell