PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

रोकिएन सडकमा आउने मानिसको सङख्या, बिहानैदेखि भिडभाड, प्रहरीलाई सास्ती



पहिलोपोस्ट

रोकिएन सडकमा आउने मानिसको सङख्या, बिहानैदेखि भिडभाड, प्रहरीलाई सास्ती

काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको १३ दिन भएको छ। मानिसलाई घरभित्र नै बस्न आग्रह गरिएको छ। तर पनि बिहानको समयमा घर बाहिर मानिसको चहलपल देखिन्छ। घरबाट निस्किएर सडकमा नै मानिस आउने गरेका छन्।

यसरी लकडाउन उल्लङघन गर्ने मानिसलाई प्रहरीले नियन्त्रणा लिने गरेको छ। आज बिहानै पनि उपत्यका भित्रबाट १२ सय ८८ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा १ हजार ४० जना पुरुष र २ सय ४८ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै ६२ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा आउनेहरु अधिकांश काठमाडौंका रहेका छन्। आखिर किन सडकमा मानिस आइरहेका छन्? महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी भन्छन्, 'विभिन्न बहाना बनाएर आउँछन्। कोही मधुमेहको विरामी मर्निङवाक गर्न भन्छन्, कोही हातमा तरकारीको सानो पोको देखाएर किन्न आएको भन्दै आउँछन्।'

कोरोनाको संक्रमण फैलिने सम्भाबना देखेपछि शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ। जारी लकडाउनमा थप कडाइ गर्दै सरकारले उक्त निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell