PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

भर्चुअल नाटक महोत्सवमा आज 'अर्को कुरुक्षेत्र'



पहिलोपोस्ट

भर्चुअल नाटक महोत्सवमा आज 'अर्को कुरुक्षेत्र'

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत् आज नाटक 'अर्को कुरुक्षेत्र' देखाइने भएको छ। सम्पदा मल्लको कथा रहेको नाटकलाई अशेष मल्लले निर्देशन गरेका हुन्।

महिलामाथि पौराणिक कालदेखि सुरु भएको विभेदको श्रृङ्खलालाई प्रस्‍तुत गरिएको  नाटकको भिडियो साँझ ठीक पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् प्रसारण हुनेछ।

लकडाउनको समय दर्शक र रङ्गमञ्चलाई जोडिराख्न भर्चुअल नाट्य महोत्सव आयोजना गरिएको हो। एक साताका लागि घोषणा भएको महोत्सव लकडाउन अवधि लम्बिएसँगै थप गरियो। हरेक दिन फरक थिएटरमा मञ्चन भइसकेका फरक विधाका नाटकहरु देखाइँदै आएको छ।

आज प्रसारण हुने अर्को कुरुक्षेत्र यसअघि सर्वनाम थिएटरमा मञ्चन भएको थियो। नाटकमा कलाकारहरु उषा रजक, मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हिरा हमाल, धिरज थापामगर, शोमा कार्की, कसिना बोखिम लिम्बूको अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell