PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

राप्रपाका नेता विशेश्वर शर्माको निधन



पहिलोपोस्ट

राप्रपाका नेता विशेश्वर शर्माको निधन

काठमाडौं : राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि मधुमेहबाट ग्रस्त उनको अमेरिकाको ड्यालसमा आज निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन्।

तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए। लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको निजी सचिवालयमा रहेर काम गरेका थिए। सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनका एक श्रीमती र दुई छोरा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell