PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

कलाकार पेट्रिसीया बोसवर्थको निधन, कोरोना संक्रमणसँगै भएको थियो निमोनिया



पहिलोपोस्ट

कलाकार पेट्रिसीया बोसवर्थको निधन, कोरोना संक्रमणसँगै भएको थियो निमोनिया
Photo credit : Andrew Coppa / Graham Bezant, Toronto Star

कोरोना भाइरस संक्रमणका कारण अमेरिकल पत्रकार एवं कलाकार पेट्रिसीया बोसवर्थको मृत्यु भएको छ। ८६ वर्षीया उनको गत अप्रिल २ तारिख न्यूयोर्कमा निधन भएको हो। उक्त खबर आइतबार बिहान मात्र सार्वजनिक भयो।

संक्रमण देखिए लगत्तै उनलाई निमोनिया भएको थियो। उनकी सौतेनी छोरी फिया ह्याटसभले न्यूयोर्क टाइम्सलाई बताएकी छिन्।

सन् १९५९ को फिल्म 'द नन्स स्टोरी'मा आड्रे हेपबर्नको अपोजिटमा देखिएकी थिइन्। त्यस्तै उनी अभिनित 'फर' र क्राइम ड्रामा 'फोर ब्वाइज एण्ड द गन' पनि सफल फिल्म हुन्। सन् १९५४/५५ को चर्चित टिभी सिरिज 'कन्सर्निङ मिस मार्लो'मा पनि उनी मुख्य भूमिकामा थिइन्।
अभिनयपछि लेखनलाई पेशा बनाएकी उनले थुप्रै बलिउड स्टारहरुको आत्मकथा लेखिदिएकी थिइन्। उनले आड्रे हेपबर्न, मार्लोन ब्रैडो और मोन्टगोमेरी क्लिफ्ट लगायत स्टारहरुको कथा लेखेकी छिन्।

साथै केही वर्ष पत्रकारका रुपमा पनि सक्रिय रहिन्। न्यूयोर्क टाइम्स, न्यूयोर्क म्यागजिनकी लेखक साथै सम्पादक पनि थिइन्।

सन् १९९८ मा उनले आफ्नै मेमोयर 'एनिथिङ योर लिटल हार्ट डिजायर' लेखेकी थिइन्। त्यस्तै सन् २०१७ मा 'द मेन इम माइ लाइफ' लेखेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell