PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पूर्व प्रम डाक्टर बाबुराम भट्टराईले कोरोनाको भयावह डढेलोको दिए चेतावनी



पहिलोपोस्ट

पूर्व प्रम डाक्टर बाबुराम भट्टराईले कोरोनाको भयावह डढेलोको दिए चेतावनी
फाइल फोटो।

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना महामारीको भयावह डढेलो सल्कनसक्ने चेतावनी दिएका छन्।

हिजोमात्रै कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल गठन गरेका भट्टराईले एउटै झिल्कोले डढेलो लगाउनसक्ने भन्दै लकडाउन, क्वारेन्टाइन र द्रुत परीक्षण हुनुपर्ने बताएका हुन्।

'एउटै झिल्कोले डढेलो लगाउनसक्छ भनिन्छ !,' भट्टराईले ट्विट गर्दै भने, 'अब देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि आगामी दिन देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्छ!'

उनले लेखेका छन्, 'अत: लकडाउन र क्वारन्टाइन कडाइसँग पालना गर्न र द्रूत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौं!' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell