PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाँचौं परीक्षणमा 'कोरोना नेगेटिभ' देखिएकी कनिका कपूर अस्पतालमै रहने



पहिलोपोस्ट

पाँचौं परीक्षणमा 'कोरोना नेगेटिभ' देखिएकी कनिका कपूर अस्पतालमै रहने

शनिबार गायिका कनिका कपूरको कोरोना संक्रमणको नयाँ परीक्षणको नतिजा सार्वजनिक भयो। पाँचौं परीक्षणमा उनीमा कोरोना भाइरस नदेखिएको फस्ट पोस्टमा जनाइएको छ।

उनी उपचाररत् लखनउस्थित सञ्जय गान्धी पीजीआइ अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तीमा लेखिएको छ,'बलिउड गायिका कनिका कपूरको पाँचौं कोभिड-१९ परीक्षणको नतिजा नेगेटिभ देखिएको छ। तर उनी अझै एक परीक्षणको नतिजा नआउँदासम्म अस्पतालमै रहन्छिन्।'

उनमा पहिलो पटक मार्च २० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।.

४१ वर्षीय गायिका कनिका मार्च ९ मा लण्डनबाट मुम्बई आएकी थिइन्। दुई दिनपछि उनी लखनउ पुगिन्। मुम्बई एयरपोर्टमा स्क्रिनिङ गर्दा आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र जाने अनुमति पनि पाएकी थिइन्।

बाहिरबाट फर्किएपछि सेल्फ क्वारेन्टाइनमा नबसेको भन्दै दर्शक, स्रोताले उनको आलोचना गरेका थिए। उनीमा संक्रमण देखिएपछि लखनउमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्ने त्रास फैलिएको थियो।

प्रशासनले विदेशबाट फर्किएपछि सेल्‍फ क्वारेन्टाइनमा बस्ने निर्देशन दिँदादिँदै उनी भिआइपी पार्टीहरुमा सहभागी भइन्।

लापरबाही गरेको भन्दै कनिकाविरुद्ध उजुरी (एफआइआर) समेत दर्ता भएको लखनउका प्रहरी प्रमुखलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell