PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

इन्डक्सन चुल्हो सकियो तर मानिस अझै धाउँदै



पहिलोपोस्ट

इन्डक्सन चुल्हो सकियो तर मानिस अझै धाउँदै

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीको लागि राखेको इन्डक्सन चुल्हो सकिएको छ।

कम्पनीले सूचना जारी गर्दै इन्डक्सन सकिएको जानकारी दिएको छ। लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव हुँदा मानिसको आकर्षण इन्डक्सन चुल्होतिर बढेपछि मानिसको चुल्हो किन्न भिड लागेको थियो।

लकडाउनपछि दैनिक ५ सयभन्दा धेरै इन्डक्सन चुल्हो बिक्री भएको थियो।

'शुक्रबारबाट इन्डक्सन चुल्हो सकिएको छ। थप ल्याउने कुरा अहिले केही भएको छैन,' कम्पनीका सूचना अधिकृत सर्मिला सुवेदीले भनिन्।

इन्डक्सन चुल्हो बिक्री केन्द्र तोकिएका ठाउँमा अहिले पनि मानिसहरु चुल्हो पाउने आशामा पुग्ने गरेका छन्। बिक्री केन्द्रमा टाँसिएको सुचना हेरेर गेटबाट नै फर्किने गरेका छन्।

नाकाबन्दीको समयमा इन्धनको चरम अभाव हुँदा चीनले अनुदानमा ११ हजार थान इन्डक्सन चुल्हो पठाएको थियो।

नेसनल ट्रेडिङ लिमिटेडले सुरुमा ११ हजार ९६ रुपैयाँ मूल्य तोकेर यसको बिक्री सुरु गरेको थियो। तर, सोचे अनुसार इन्डक्सन चुल्हो बिक्री भएन। नेसनल ट्रेडिङ लिमिटेड र खाद्य संस्थान मर्ज भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी बन्यो। कम्पनी बनेपछिको रेकर्डमा ७ हजार ४ सय ३५ वटा इन्डक्सन चुल्हो बाँकी थियो।

बिक्री नभएपछि यसको मूल्य घटाएर ४ हजार पुर्‍याइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell