PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पूर्व प्रधानमन्त्रीहरुसँग कांग्रेस सभापति देउवाको कुराकानी : संकटमा ऐक्यवद्ध भएर लाग्न अपिल



पहिलोपोस्ट

पूर्व प्रधानमन्त्रीहरुसँग कांग्रेस सभापति देउवाको कुराकानी : संकटमा ऐक्यवद्ध भएर लाग्न अपिल

काठमाडौं : कोरोनाको संक्रमण चर्किँदै जाँदा पूर्व प्रधानमन्त्रीहरुसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।

नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी भएको ट्विट मार्फत् जानकारी दिए।

उनले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell