
काठमाडौं : इकमर्स कम्पनी 'सस्तोडिल'ले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तु घरैमा पुर्याउँन सुरु गरेको छ। उपभोक्ताले सस्तोडिलको वेबसाइटमार्फत् मगाएको सामाग्री काठमाडौं उपत्यकाभित्र डेलिभरी गराउने भएको हो।
सामान मगाउनका लागि न्यूनतम् एक हजार रुपैयाँको सामान खरिद् गर्नु पर्ने संस्थापक अमुन थापाले बताए।
उपभोक्ताले अनलाइन अर्डरसँगै पैसा पनि अनलाइनमार्फत् नै तिर्न सक्छ्न्। 'पैसाबाट संक्रमण सर्ने जोखिम उच्च रहेको खबरहरु सार्वजनिक भइरहेका छन्। त्यसैले अनलाइनबाट गर्न सकिने भुक्तानीलाई प्रोत्साहित गरेका हौं।'
थापाले क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने जानकारी दिए। त्यस्तै सेल पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क समेत नि:शुल्क पाउने जनाइएको छ।
एनएमबि बैंकको कार्डमार्फत् गरिएको भुक्तानीको पन्ध्र प्रतिशत र आइएमइ पेमार्फत् गरिएको भुक्तानी भुक्तानीको दुई सय पचास रुपैयाँ कोरोना नियन्त्रण तथा उपचार राहत कोषमा जम्मा हुनेछ।
उपभोक्ताले नगद भुक्तानी गर्न पाउने सुविधा पनि छ।
अमुनका अनुसार मानिसबाट मानिसमा सर्ने संक्रमण रोकथामका लागि सस्तोडिलका सम्पूर्ण कर्मचारीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट उपलब्ध गराइएको छ। 'यसमा हामीले कर्मचारी र उपभोक्ता दुबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सावधानी अपनाएका हौं', उनले भने।
सस्तोडिलले यस प्रतिकुल घडीमा सडकमा खट्ने ट्राफिक प्रहरीको लागि पनि मास्क, स्यानिटाइजर ट्राफिक प्रहरी प्रमुख एसएसपि भिमप्रसाद ढकालमार्फत् हस्तान्तरण गरे।