A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.679d2b4a2a6510.39163608): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.679d2b4a2a6510.39163608,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सीमा नाकामा ढाट, चोरबाटो खुला, आउजाउ गर्ने भन्छन् : लकडाउन होला, भोक डाउन होइन
PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

सीमा नाकामा ढाट, चोरबाटो खुला, आउजाउ गर्ने भन्छन् : लकडाउन होला, भोक डाउन होइन



अनन्तराज न्यौपाने

सीमा नाकामा ढाट, चोरबाटो खुला, आउजाउ गर्ने भन्छन् : लकडाउन होला, भोक डाउन होइन

विराटनगर : पूर्वको मुख्य नाका विराटनगर–जोगबनीको ढाट पूरै लगाइएको छ। जोगबनीतर्फको लोकनायक जयप्रकाश नारायण गेटबाट यता कोही छिर्न पाउँदैनन्। यताबाट पनि गेट नाघेर उता कोही जान पाउँदैन। झट्ट हेर्दा लकडाउन सँगसँगै सीमा नाकामा गरिएको सिलबन्दी सफल देखिन्छ।

तर, वास्तविकता त्यस्तो छैन। मुख्य नाकाबाट १ किलोमिटर पूर्व र पश्चिमका सीमान्त क्षेत्र भने विशेष गरेर बिहान–बेलुका आउजाउका लागि खुला छन्। आउजाउ रोक्न दुवै तर्फका सुरक्षाकर्मी हार खाएजस्तो देखिएका छन्।

नाका पश्चिमतर्फको दरैया वस्ती र दक्षिण टोला। दुवै ठाउँका दशगजामा घरहरू बनाइएको छ। दशगजामा रहेको वस्तीमा नेपाली मूलका पनि छन् र भारतीय मूलका पनि। दुवै देशको नागरिकता नपाउने पनि छन्।

दरैया वस्ती र दक्षिण टोलाबाट पारिको जोगबनी बजार जान सजिलो छ। दुवैतर्फ प्रहरीको गस्ती त तैनाथ छ, तर बिहान–साँझ ४ बजेदेखि ७ बजेसम्म प्रहरीले रोक्दैन।’

दरैया वस्ती र दक्षिण टोलाको बाटो प्रयोग गरेर साँझ–बिहान सयौँ नेपाली जोगबनी गइरहेका छन्। जोगबनीमा साँझ–बिहान हरियो तरकारी, आलु, प्याज र खाद्यान्नको बजार खुला छ।

अरू बेला सुपाडी, मरिच, छोकडा र केराउको लाइन चल्ने यो बाटो अहिले सामान्य नागरिकको रासनपानीका लागि प्रयोग भइरहेको छ।

सीमान्त क्षेत्रका नेपाली र भारतीय प्रशासनका हरेक बैठकमा एउटा निर्णय हुने गर्छ। र, त्यो निर्णय हो – दशगजामा रहेको अवैध वस्ती हटाउने।

दशकौँदेखि यस्ता सयौँ निर्णयहरू भए होलान् तर कार्यान्वयनमा आएन। यस्ता निर्णयभन्दा धेरै पुरानो छ दशगजाको वस्तीको इतिहास।

दशगजामै घर भएका नेपाली नागरिक इब्राहिमले भने, ‘यहाँ हाम्रो परिवार ८० वर्षदेखि बसेको छ। तर, मेरै छिमेकी सुलेमानसित भारतीय आधार कार्ड छ। हामीलाई हटाउने हो भने सरकारले बसोबासको प्रबन्ध गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

दशगजा क्षेत्रलाई बसोबासका अतिरिक्त दुवै देशका नागरिकले गोबरको गुइँठा बनाउन, ससानो घुम्ती पसल गर्न र गाईवस्तु पाल्न पनि प्रयोग गरेका छन्।

मुख्य नाकाभन्दा १ किलोमिटर पूर्वको सीमान्त वस्ती मटेरुवा र इस्लामपुरको बाटो पनि साँझ–बिहान खुल्ला छ।

मटेरुवा र इस्लामपुर ढाटमा एक–एक प्रहरी देखिन्छन् तर जोगबनी जानेले छेउको चोरबाटो प्रयोग गरिरहेका छन्। मटेरुवा र इस्लामपुर दुवै ठाउँको सिमानाबाट ५ सय मिटर हिँडेपछि जोगबनी बजार आइपुग्छ। दुवै टोलका बासिन्दा साँझ–बिहान ४ देखि ७ बजेसम्म चोर बाटो प्रयोग गरेर जोगबनी जान्छन् र खाद्य सामग्री लिएर आउँछन्।

दुवै विराटनगरका पुराना वस्ती हुन्। यहाँ अधिकांश मजदुर वर्गको बसोबास छ। वस्तीका धेरैजसो स्थानीय रघुपति जुट मिलमा काम गर्छन्। अहिले उद्योग बन्द भएपछि घरघरै बेरोजगार छन्।

दरैया, दक्षिण टोला, मटेरुवा र इस्लामपुर; चारै ठाउँका अधिकांश बासिन्दाले सामाजिक दूरी कायम गरेका छैनन्। मास्क पनि कसैकसैका मुखमा मात्र देख्न पाइन्छ। चारै वस्तीमा प्रहरीले खासै कडा गरेको छैन। लकडाउनको ठाडो उल्लङ्घन छ यहाँ।

‘कि त नेपाल सरकारले हामीलाई खाद्यान्न र तरकारीको सहुलियत बजार उपलब्ध गराइदिनु पर्‍यो,’ इस्लामपुरका रजाक मियाँले भने, ‘लकडाउन हो भोक डाउन होइन होला। हामी आफूलाई थुनेर राख्न सक्छौँ तर भोकलाई कसरी थुन्नु? त्यसैले सस्तो रासनपानी र तरकारी खरिद गर्न जोगबनी पुग्नु परेको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell