PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

‘हामी नेपालमै सुरक्षित छौँ’ भन्दै स्वदेश फर्किन मानेनन् मनाङ आएका विदेशी पर्यटक



रासस

‘हामी नेपालमै सुरक्षित छौँ’ भन्दै स्वदेश फर्किन मानेनन् मनाङ आएका विदेशी पर्यटक
फोटो : रासस (फाइल)।

मनाङ : मनाङ घुम्न आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।

उनका अनुसार ती पर्यटकहरु अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मनी, इजरायल लगायतका युरोपियन देशका नागरिक रहेका छन्। माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ। आफ्नो देशमा भन्दा कोभिड–१९ को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ।

नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन। तिलिचो बेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने यकिन नभएको प्रजिअ पौडेलले बताए।

‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उनले भने।

सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ संक्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ।

‘हामी नेपालमा सुरक्षित छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell