PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

चैतमा विदेशबाट आएका सबैको कोरोना र्‍यापिड टेष्ट हुने



पहिलोपोस्ट

चैतमा विदेशबाट आएका सबैको कोरोना र्‍यापिड टेष्ट हुने

काठमाडौं : स्वास्थ्य मन्त्रालयले चैत महिनामा नेपाल प्रवेश गर्ने सबैको कोभिड -१९ को र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने भएको छ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। बैठकले कञ्चनपुरमा विदेशबाट आएका क्वारेन्टाइनमा रहेकाहरुको समेत र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने निर्णय गरेको छ। त्यस्तै कैलाली र बागलुङमा कोभिड –१९ को घर परिवार तथा सम्पर्क ब्यक्तिहरुमा पनि र्‍यापिड टेस्ट गर्ने निर्णय भएको उनले जानकारी दिए।

यसरी गरिएको र्‍यापिड टेस्टबाट कोभिड-१९ पोजेटिभ देखिएमा पिसिआर प्रविधिबाट पनि पुनः परीक्षण गरिने प्रवक्ता देवकोटाले जानकारी दिए।

विदशेबाट आएका संक्रमितको परिवारमा समेत कोरोना भाइरस देखिएपछि नियन्त्रणका लागि तीव्र रुपमा परीक्षण अगाडि बढाउन र्‍यापिड डाइग्नोस्टिक टेष्ट किटको प्रयोग गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell