PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

अमिताभ भन्छन् : कोरोना भाइरसले हामीलाई खोजिरहेको छ, घर बाहिर ननिस्कौं



पहिलोपोस्ट

अमिताभ भन्छन् : कोरोना भाइरसले हामीलाई खोजिरहेको छ, घर बाहिर ननिस्कौं

बलिउड अभिनेता अमिताभ बच्चनले घर बाहिर ननिस्कन फेरि अपिल गरेका छन्। महाव्याधि कोरोना भाइरसले घर खोजिरहेको भन्दै उनले त्यो घर मान्छेको शरीर भएको उल्लेख गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, 'म तपाईसँग नै कुरा गरिरहेको छु। मेरो कुरा ध्यान दिएर सुन्नुस्। यो कोरोना विरामीलाई सम्झिनुस्। घरमै रहनुस्। बाहिर ननिस्कनुस्। हात जोडेर विन्ती गर्छु। यो भाइरसले आफ्नो घर खोजिरहेको छ। त्यो घर मानवको भित्र मिल्छ। आफ्नो घरको ढोका बन्द गर्नुस्। पस्न नपाओस्।'

कोरोना भाइरसको संक्रमण देखिएसँगै बलिउड कलाकारहरु सचेतना जगाउन सामाजिक सञ्जालमा सक्रिय भएर लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell