PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

ओमनबाट फर्किएकी सिन्धुपाल्चोककी एक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण! एम्बुलेन्स चालकले मानेनन् अस्पताल लैजान



कुञ्जरमणि भट्टराई

ओमनबाट फर्किएकी सिन्धुपाल्चोककी एक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण! एम्बुलेन्स चालकले मानेनन् अस्पताल लैजान
फाइल फोटो : चौतारा अस्पताल सिन्धुपाल्चाेक

काठमाडौं : सिन्धुपाल्चोकमा ओमनबाट फर्किएकी एक महिलालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै एक अस्पतालले आइसोलेसन वार्ड भएको अस्पतालमा पठाउन रिफर गरेको छ। फागुन ३० गते ओमनबाट काठमाडौं हुँदै आएकी ती महिलामा रुघाखोकी र ज्वरो आएपछि आइतवार बिहान जिल्लाको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुगेकी थिइन्।

थुम्पाखरकी ती ४० वर्षिया महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै तत्कालै आइसोलेसनमा राख्न अस्पतालका डाक्टर राजकुमार दंगालले रिफर गरे।

सदावहारमा आइसोलेसन वार्ड नभएकाले जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईसँग सम्पर्क गरी उनलाई सदरमुकाम चौतारा पठाउने तयारी गरे दंगालले।

तर, एम्बुलेन्स चालकले विभिन्न बाहना बनाउँदै बिरामी लैजान नमानेको दंगालले बताए। अहिले ती बिरामी चौतारा लैजान जिल्ला स्वास्थ्य प्रमुख चापागाई नै प्रमुख नै सिन्धु सदावहार पुगेका छन्।

"यहाँ राख्न आइलेसन छैन। टेस्टका लागि पनि साधनको अभाव छ। त्यसैले स्वास्थ्यप्रमुखसँग कुरा गर्दा चौतारा पठाउने कुरा भयो। एम्बुलेन्स चालकहरुले विभिन्न बाहना गरे। लानै मानेनन्,' डाक्टर दंगालले भने।

ती महिललाई फर्किएको १४ दिनसम्म कुनै लक्षण नदेखिएको तर १७ दिनपछि बिरामी पर्न थालेको बताइएको छ। ३ हप्तासम्म  संक्रमणको खतरा रहन सक्ने भन्दै आइसुलेसनमा बस्न सुझाव दिएको डाक्टर दंगालले बताए।

एम्बुलेन्सले अटेर गरेपछि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको पहलमा जिल्ला स्वास्थ्य प्रमुख चापागाई आफै बिरामी लिन सिन्धु सदाबहार पुगेका हुन्।

'नजिकैको एम्बुलेन्सले ल्याउन नमानेपछि उहाँलाई हामी लिन पुग्यौ। अहिले लिएर फर्किँदै छौ। अब चौतारा हस्पिटलमा आइसोलेसन वार्डमा राख्छौं', जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईंले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell