PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘सेल्फ क्वारेन्टाइन’मा खाना बनाउँदै बलिउड अभिनेत्रीहरु, फ्यानलाई दिए ‘कुकिङ टिप्स’



पहिलोपोस्ट

‘सेल्फ क्वारेन्टाइन’मा खाना बनाउँदै बलिउड अभिनेत्रीहरु, फ्यानलाई दिए ‘कुकिङ टिप्स’

मुम्बई : कोरोना भाइरसको महामारी विश्वभर फैलिएसँगै भारत पनि लकडाउनमा छ। कोरोनाले गर्दा बलिउड फिल्म क्षेत्र ठप्प छ। जसका कारण बलिउड हस्तीहरु फुर्सदिला भएका छन्। लकडाउनले गर्दा सेल्फ क्वारेन्टाइनमा उनीहरुले आफ्नो परिवारसँग बढि समय बिताउन पाएका छन्। क्वारेन्टाइनमा रहेका कलाकारहरु लकडाउनको सदुपयोग गर्दै कोही कविता लेखिरहेका छन् त कोही खाना पकाउन सिकिरहेका छन्।

यसैबीच लकडाउनको समयमा अभिनेत्री प्रिती जिन्टा, तमन्ना भाटिया र मलाइका अरोरा भने आफ्नो खाना पकाउने शोख पूरा गरिरहेका छन्। त्यसो त अभिनेत्री प्रिती जिन्टा करिब चौबिस दिनदेखि सेल्फ क्वारेन्टाइनमा छिन्। हालै उनले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन्। जसमा उनले आफ्ना फ्यानहरुलाई प्याज काट्ने टिप्स दिएकी छिन्।

उनले भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘मैले पाएको सबैभन्दा राम्रो उपहार भनेका यी चश्माहरु हुन्, प्याज काट्दा लगाँउछु। आजभोलि प्याज काट्दा र खाना बनाँउदा यो चश्मा लगाउने गरेकी छु।’

 

उक्त भिडियोमा प्रितीले स्वीमिङ गर्दा लगाउने चस्मामा लगाएकी छिन्।

त्यस्तै अभिनेत्री मलाइका अरोराले क्वारेन्टाइनबाटै करेलाको विशेष परिकार बनाएको भिडियो शेयर गरेकी छिन्। उनले इन्स्टाग्राम मार्फतआफ्ना फ्यानहरुलाई करेलाको विशेष परिकार पनियारम बनाउँने टिप्स दिएकी छिन्। यसअघि पनि मलाइकाले इन्स्टामार्फत बेसनको लड्डू बनाउँन सिकाएकी थिइन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

#malaikaarora spending her quarantine day cooking at home #staysafe #stayhome #viralbhayani @bollywoodpap

A post shared by Bollywood Pap (@bollywoodpap) on

त्यस्तै अभिनेत्री तमन्ना भाटियाले पनि इन्स्टाग्राममार्फत कुकिङ टिप्स दिएकी छिन्। इन्स्टामा भिडियो पोस्ट गर्दै उनले ‘प्यानकेक’ र ‘फ्रेन्च टोस्ट’ बनाउन सिकाएकी छिन्। फ्यानहरुलाई रेसिपी शेयर गर्दै तमन्नाले सधैँ आफू स्वास्थ्य रहने प्रयास गरेको बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell