PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कोरोना संक्रमित युवालाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ



एम बम

कोरोना संक्रमित युवालाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ
Photo: pharmaceutical-technology.com

कैलाली : दुबईबाट फर्किएपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएर सेती अस्पतालमा उपचाररत धनगढीका ३४ बर्षीय युवकलाई अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा जगदीश जोशीले कोरोना संक्रमित युवकलाई मोटरसाइकलमा अस्पताल पुर्‍याउने आफन्तको रिपोर्ट नेगेटिभ आएको बताए।

उनी कोरोना संक्रमित युवकका मामाका छोरा हुन्। दुवैको घर छिमेकमै छ। तेस्तै उनको सम्पर्कमा रहेका अर्का एकजना छिमेकीको रिपोर्ट पनि नेगेटिभ आएको छ। योसँगै उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैको रिपोर्ट आएको छ। जसमा उनी र उनकी भाउजू गरी एकै परिवारका दुई जनामा कोरोना पुष्टि भएको छ।

कोरोना संक्रमित युवाको भने दोश्रो पटक पनि कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको जोशीले जानकारी दिए। उनकी भाउजूलाई कोरोना संक्रमण भएको शनिवार स्वास्थ मन्त्रालयले पुष्टि गरिसकेको छ।

कोरोना संक्रमण पुष्टि भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जनाकै स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell