PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अमेरिकामा कोरोना भाइरसका कारण एकै दिन चार नेपालीको निधन



रासस

अमेरिकामा कोरोना भाइरसका कारण एकै दिन चार नेपालीको निधन
File Photo: Elaine Thompson/The Associated Press

अमेरिकाको न्यू योर्कमा रहेका चारजना नेपालीको शनिवार कोरोना भाइरसका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको संख्या पाँच पुगेको छ।

शनिवार अरू चार जनाको निधन भएको हो। उनीहरु सबै न्यू योर्कमा बस्दै आएका थिए। निधन भएकाहरुको परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell