PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

मोदी लहर वीरगंजमा पनि, कोरोना भगाउन दीपावलीसहित ठटाइयो थाल



राधेश्याम पटेल

मोदी लहर वीरगंजमा पनि, कोरोना भगाउन दीपावलीसहित ठटाइयो थाल

वीरगंज : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लहर नेपालको सीमावर्ती बजारहरुमा पनि देखिएको छ। केही दिनअघि मोदीले अप्रिल ५ अर्थात चैत २३ गते राति ९ बजेदेखि ९ मिनेटको लागि सबै बत्ती निभएर दियो बाल्न र थाल ठटाएर कोरोना भगाउन अपिल गरेका थिए।

त्यसैको प्रभाव नेपालको सीमावर्ती बजार वीरगंजमा पनि परेको देखिएको छ। वीरगंजको बजार क्षेत्र तथा पर्साको ग्रामीण भेगमा पनि दीपावली सरह नै दियो बालेर कोरोनालाई भगाउन खोजिएको प्रयास गरिएको देखिएको छ। दियो बालेर, थाल ठटाउनुको साथै ठाउँठाउँमा पटाखा पडकाएर आतिशबाजी पनि गरिएको थियो।

नेपाल भारत सहयोग मञ्चका अध्यक्ष तथा वीरगंजका उद्योगी अशोककुमार वैद्यले समेत परिवारसहित दियो बालेर मोदी लहरमा साथ दिएको बताएका छन्। उनले मित्र राष्ट्र भारतमा कोरोना महामारी तीव्र गतिमा बढदै गएकोप्रति दुख व्यक्त गर्दै नेपालमा पनि जनचेतना फैलियोस र हिन्दू धर्म अनुसार प्रकाश र दियो अन्धकार तथा संकट तथा दरिदत्रालाई हरण गर्ने भएको जनविश्वास अनुसार आफुले पनि दियो बाली यो अभियानमा सहभागी भएको बताए। दियो बाल्ने समयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका कर्मचारीहरुले मुख्य सडक क्षेत्रका विद्युतीय पोलको विद्युत लाइन बन्द गरी यो अभियानमा संघाएको नगरवासीको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell