PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

बाघमा पनि कोरोनाको संक्रमण, चिडियाखानामा थालियो बेग्लै राख्न



पहिलोपोस्ट

बाघमा पनि कोरोनाको संक्रमण, चिडियाखानामा थालियो बेग्लै राख्न
CORBIS VIA GETTY IMAGES

अमेरिकाको एक चिडियाखानामा रहेको बाघमा कोभिड-१९ को संक्रमण देखिएको छ। ब्रोनक्स जुमा रहेको एक चार वर्षको पोथी मलायान बाघमा कोभिड-१९ को संक्रमण देखिएको बीबीसीले जनाएको छ।

न्युयोर्क शहरमा रहको चिडियाखानामा रहेको बाघमा कोभिड-१९ को परीक्षण नतिजा पोजेटिभ आएको चिडियाखानाले जनाएको छ। बाघको परीक्षण त्यहाँको राष्ट्रिय भेटेरिनरी सेवा प्रयोगशालामा भएको थियो।

नाडिया नाम गरेको बाघ, उसकी बहिनी अजुल र त्यहाँ रहेका अन्य दुई अमुर बाघ र तीन अफ्रिकी सिंहमा पनि कोभिड-१९ को लक्षण सुख्खा खोकी देखिएको थियो र उनीहरु पूर्ण निको भएको चिडियाखानाले जनाएको छ।

चिडियाखानाका अधिकारीहरुले त्यहाँका विराला प्रजातीका प्राणीमा कोभिड-१९ को संक्रमण भएको हो।

'हामीले सावधानीका लागि विरालामा (नाडिया)मा परीक्षण गरेका थियौं। र यसले कोभिड-१९ बुझाइका लागि सहयोग पुग्ने अपेक्षा लिइएको छ,' चिडियाखानाले आइतवार जारी गरेको वक्तव्यमा उल्लेख छ।

चिडियाखानाले बाघमा कसरी कोभिड-१९ को संक्रमण देखियो भन्ने खुल्न नसकेको जनाएको छ। तर, पनि यहाँका जनावरहरुलाई निगरानीमा राखिएको छ।

नाडियाबाहेक चिडियाखानाका ठूला विरालाहरु- चार अन्य बाघ, हिमचितुवा, चिता र ध्वाँसे चितुवा, अमुर चितुवा, एक पुमा र अन्य प्रजातिमा कुनै लक्षण देखिएको छैन।

'हाम्रा विरालाहरु लक्षण नदेखिएका मानिसबाट सरेको हो। जो उनको हेरचाहमा खटिएका थिए वा उनमा पछि मात्र भाइरस देखिएको थियो,' चिडियाखानाको वक्तव्यमा भनिएको छ।

लक्षण देखिएका सबै बाघहरुलाई चिडियाखानाको टाइगर माउन्टेन क्षेत्रमा बन्द क्षेत्रमा राखिएको छ। न्युयोर्कमा वाइल्ड लाइफ कन्जरभेसन सोसाइटी अन्तर्गत सञ्चालित चार वटा चिडियाखानालाई मार्च १६ देखि सर्वसाधरणका लागि बन्द गरिएको छ।

अमेरिकामा हालसम्म कुनै पनि मानिसमा जनवारबाट कोभिड-१९ सरेको देखिएको छैन।

संरक्षणकर्मीहरुले केही वन्यजन्तुहरुमा पनि भाइरसको जोखिम रहेको भन्दै उनीहरुको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell