PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

मन्त्रिपरिषदको बैठक बस्दै : लकडाउनको समय थप्ने तयारी



पहिलोपोस्ट

मन्त्रिपरिषदको बैठक बस्दै : लकडाउनको समय थप्ने तयारी
फाइल फोटो

काठमाडौं : आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बैठक बोलाइएको हो। श्रम मन्त्री रामेश्वर राय यादवले दिउँसो २ बजेको लागि बैठक बोलाएको जानकारी दिए। 'आज दिउँसो २ बजेको लागि बैठक बोलाइएको छ। लकडाउन र कोरोना भाइरसको संक्रमण रोक्न चाल्नुपर्ने थप कदमबारे छलफल हुन्छ,' मन्त्री यादवले भने।

आज बस्ने बैठकले लकडाउनको समय थप्नेबारे निर्णय लिनेछ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गठन भएको उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा लकडाउन थप गर्ने प्रस्ताव लग्दैँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell