PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गभर्नरका लागि तीन जनाको नाम सिफारिस



पहिलोपोस्ट

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

काठमाडौः अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्।

संभवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराईलाई राखेका छन् भने अर्को एक जनामा पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखिएको छन्।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ। तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell