PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

अमेरिकन आइडलको उत्कृष्ट २० मा दिवेश पोखरेल



पहिलोपोस्ट

अमेरिकन आइडलको उत्कृष्ट २० मा दिवेश पोखरेल

काठमाडौं : गायन रियालिटी शो 'अमेरिकन आइडल'को १८ औं संस्करणमा उत्कृष्ट २० को नाम सार्वजनिक भएको छ। जसमा नेपाली युवा दिवेश पोखरेल पनि परेका छन्।

स्टेजमा अर्थर गनका नामले चिनिने दिवेशले बब मार्लीको 'इज दिस लभ' बोलको गीत गाएर निर्णायकको मन जिते। उनले प्रस्तुति दिइराख्दा दर्शकदीर्घाबाट ताली र हुटिङ सुनिन्छ। निर्णायकहरु पनि तारिफ गर्छन्। भन्छन्,'मलाई मनपर्‍यो।'

पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका दिवेशको परिवार पनि कार्यक्रमको सेटमा पुगेका थिए।  

निर्णायकले उनलाई भने,'तिमी फरक छौ। फरक परिचय बनेको छ तिम्रो।'

दिवेशले उत्कृष्ट २० मा पर्नुको खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत् साटेका छन्। लेखेका छन्,'सबैलाई यो साथ र सहयोगका लागि धन्यवाद।'

उनले अमेरिकन आइडलको यस संस्करणमा सुरुवातदेखि निर्णायक एवं दर्शक/स्रोताको तारिफ पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell