PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भारतमा कोरोनाबाट मर्नेको संख्या १०० नाघ्यो, मोदीले भने : लडाईं लामो छ, थाक्ने र हार्ने होइन, जित्नै पर्छ



पहिलोपोस्ट

भारतमा कोरोनाबाट मर्नेको संख्या १०० नाघ्यो, मोदीले भने : लडाईं लामो छ, थाक्ने र हार्ने होइन, जित्नै पर्छ

काठमाडौं : भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या एक सय नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा देशभर मृतकको संख्या १०९ पुगेको छ। त्यसैगरी संक्रमितको संख्या ४ हजार ६७ पुगेको छ। २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्।

कोरोनाविरुद्धको लडाईं जित्नैपर्ने मोदीको भनाई

भारतमा संक्रमित तथा मृतकको संख्या बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाईं लामो भए पनि जित्नुको विकल्प नभएको बताएका छन्। नथाकेर र नहारेर कोरोनामाथि जित हासिल गर्नुपर्ने मोदीको भनाई छ।

भारतीय जनता पार्टीको ४०औं स्थापना दिवसका अवसरमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले कोरोना भाइरस महामारीविरुद्ध जारी युद्धमा अफ्नो योगदान दिन अपिल गरे। दियो र मोमबत्तीको महाप्रकाशले देशलाई कोरोना भाइरसविरुद्धको लामो लडाईंका लागि तयार पारेको जिकिर गर्दै मोदीले भने, 'यसकारण न थाक्ने हो, न त हार्ने हो, मात्र जितेर निस्किनु छ।'

प्रधानमन्त्री मोदीले भाजपाका कार्यकर्तालाई पार्टीभन्दा ठूलो देश भएको र देश १३० करोड जनताको भएकाले देशको सेवामा खटिन निर्देशनसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell