PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

विदेशबाट फर्किएकाहरुको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै कञ्चन गाउँपालिका



पहिलोपोस्ट

विदेशबाट फर्किएकाहरुको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै कञ्चन गाउँपालिका
क्वारेन्टाइनमा बसेकाहरुको तापक्रम लिँदै स्वास्थ्यकर्मीहरु।

काठमाडौं : रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले यसबीच विदेशबाट आएका स्थानीयहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ।

कञ्चन गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले आज सोमवार देखि स्थानीयको घर घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिए।

त्यसका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए। कोभिड-१९ को संक्रमण फैलिएसँगै गाउँपालिकामा विदेशबाट आएका एक सय १७ जना सम्पर्कमा आएका छन्।

गाउँपालिकाले गरगरेमा रहेको लुम्विनी ज्ञान निकेतन उच्च माविमा क्वारेन्टाइन बनाएको छ। विदेशबाट आएका १७ जना क्वारेन्टाइनमा रहेका छन्। भने बाँकी घरमै होम क्वारेन्टाइनमा रहेको गाउँ पालिकाले जनाएको छ।

गाउँपालिकाले यसबीच विदेशबाट आएकाहरुको तथ्यांक संकलनसमेत गरिरहेको छ। गुगल फर्म बनाएर अनलाइनबाट आवेदन संकलन गरिरहेको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell