PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

चितवनः पश्चिम चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२ का पूर्णबहादुर कुमाल रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिए।

रानाभाटका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा न्यूरो टिप्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट कुमालको घटना स्थलमानै मृत्यु भएको हो। कुमाल बेलसहर मध्यवर्ती सामुदायिक वनका सदस्य हुन्।

घटना बिहान ११ः ४५ वजे भएको हो। प्रहरी घटनास्थलमा पुगेको छैन। मृतक कुमालको शव घटनास्थलमै रहेको रानाभाटले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell