PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ : पाँच बजेदेखि गुरुकुलको नाटक प्रसारण हुँदै



पहिलोपोस्ट

‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ : पाँच बजेदेखि गुरुकुलको नाटक प्रसारण हुँदै

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत् आज नाटक 'एल्ममुनिको तिर्खा' देखाइने भएको छ। नौ वर्षअघि पुरानो बानेश्वरस्थित आरोहण, गुरुकुलमा मञ्चन भएको नाटक नाटकको भिडियो आज प्रसारण हुन लागेको हो।

नाटकलाई अमेरिकी रङ्गकर्मी डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्। नाटकमा युजिन ओनिलको कथा रहेको छ। सन् १९२४ मा लेखिएको यस नाटक बलबहादुर थापाले नेपालीमा अनुवाद गरेका हुन्।

सरस्वती चौधरी, प्रवीण खतिवडा,विपिन कार्की, भोलाराज सापकोटा, कमलमणी नेपाल, अरुणा कार्की, पशुपति राई, सजन थापा, रामहरि ढकाल, हुम बिसी, प्रमिला कटुवाल लगायत कलाकारको अभिनय रहेको छ।

ग्रिक मिथमाथि बनेको नाटकको भिडियो साँझ ठीक पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् प्रसारण हुनेछ।

थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस भर्चुअल महोत्सवलाई संयुक्त रुपमा आयोजना गरेका हुन्। त्यस्तै काठमाडौंका अन्य थिएटरको समेत सहकार्य तथा सहभागिता जनाएका छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell