PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

नयाँ नोटमा हुनेछ अब यस्तो हस्ताक्षर



पहिलोपोस्ट

नयाँ नोटमा हुनेछ अब यस्तो हस्ताक्षर

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर पद आकर्षक हुनुको प्रमुख कारण जन–जनको हातमा पुग्ने नोटमा हस्ताक्षर गर्नु पनि हो। नयाँ गभर्नर महाप्रसाद अधिकारीको हस्तक्षर भएको नोट अर्को वर्षदेखि सबैको हातमा पुग्ने छ।

२०१३ साल वैसाख १४ गते नियुक्त भएको नेपालका पहिला गभर्नर हिमालय शम्शेर राणादेखि अहिलेसम्म १८ जनाले नयाँ नोटमा हस्ताक्षर गरिसकेका छन्। कामु गभर्नर कृष्णबहादुर मानन्धरसम्मले नोटमा हस्ताक्षर गरिसकेका छन्।

छोटो समयका लागि गभर्नर भएका दीपेन्द्रबहादुर क्षेत्री र दीपेन्द्रपुरुष ढकालले पनि हस्ताक्षर गर्ने मौका पाए। क्षेत्रीले निश्चित नोटहरुमा मात्र हस्ताक्षर गरे भने ढकालले भने छोटो समयमा पनि सबै दरका नोटमा हस्ताक्षर गर्न भ्याए।
अहिलेसम्म नोटमा राणा, लक्ष्मीनाथ गौतम, प्रद्युम्नलाल राजभन्डारी, डा. भेषवहादुर थापा, डा. यादवप्रसाद पन्त, कुलशंकर शर्मा, कल्याणविक्रम अधिकारी, गणेशवहादुर थापा, हरिशंकर त्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ, डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा र डा. चिरञ्जिवी नेपालले हस्ताक्षर गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell