PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनालाई जित्दै अस्पतालबाट घर फर्किइन् कनिका



पहिलोपोस्ट

कोरोनालाई जित्दै अस्पतालबाट घर फर्किइन् कनिका

कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

पाचौं पटकको रिपोर्टमा पनि भाइरस पोजेटिभ देखिँदा दुई साता बढी समययता लखनऊको सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिका सोमबार निको भएर घर फर्किएकी हुन्।

उनले झण्डै एक महिना आइसोलेसनमा बसेर कोरोनाविरुद्धको लडाईंमा जित हासिल गरेकी हुन्।

कनिका कलाकार, राजनीतिज्ञ, व्यापारी लगायत प्रतिष्ठित व्यक्तिहरु सहभागी पार्टीबाट फर्केलगत्तै कोरोना भाइरसबाट संक्रमित भएकी थिइन्। उनी संक्रमित हुँदा बलिउड बजार तथा लखनऊदेखि दिल्लीसम्म हलचल मच्चिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell