PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

पछिल्लो २४ घण्टामा १६८ को नमुना परीक्षणमा भेटिएन कोरोना, काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा १६८ को नमुना परीक्षणमा भेटिएन कोरोना, काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौं : अहिलेसम्म १ हजार ६ सय ९७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।

आइतबारसम्म १ हजार ५ सय २९ को परीक्षण गरिएकोमा सोमबार १ सय ६८ को नमुना परीक्षण गर्दै १ हजार ६ सय ९७ को कोरोना परीक्षण भएको हो।

वितेको २४ घण्टामा गरिएको १ सय ६८ को परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभरका १० वटा ठाउँबाट पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण भइरहेको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले १ सय ७ जना आइसोलेशनमा रहेको बताए।

उनका अनुसार १ हजार २ सय ९१ जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा ५ जना रेड जोनमा परेका छन्।

कोभिड १९ का लागि काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको देवकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell